ललितपुरको औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्टभित्र विष्फोट, १ जनाको मृत्यु ४ जना घाइते
काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रमा अक्सिजन प्लाण्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
ललितपुर प्रहरी परिसरका अनुसार एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी पाटन अस्पतालमा लगिएको छ ।
औद्योगिक क्षेत्रमा रहेका मानिसहरुको उद्धार कार्य जारी रहेको छ । सगरमाथा अक्सिजन प्लाण्टभित्र सो विष्फोट भएको ललितपुर परिसरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।
उनका अनुसार अक्सिजन भर्ने क्रममा विस्फोट भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment