रुपन्देहीमा लहरी र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
रुपन्देही। रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो। बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतिय नम्बरको लहरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो ।
लहरी चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment