भन्सार छली ल्याएको १५ लाखको सामान बरामद

डिसी नेपाल
८ वैशाख २०७९ १५:१२
128
Shares

काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ।

कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा ती सामान फेला पारेको थियो।

पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.