दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

डिसी नेपाल
९ वैशाख २०७९ १६:५२
960
Shares

दाङ । एक मस्जिदमा दुई पक्षबीच झडप भएको छ। झपडको क्रममा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झपड भएको हो।

झपडको क्रममा पाँच जना घाइते भएको र उनीहरू थप बुटवलतिर लागेका छन्। नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो। तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

‘मौलानाहरूबीच नै सामान्य विवाद भएको हो। यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,’ एसपी काफ्लेले बताए।

झपडमा परी घाइते भएकमा पाँचैजना आफैं उपचार गर्ने भन्दै बुटवलतिर लागेका छन् । दाङमा प्राथमिक उपचारपछि उनीहरू आ-आफैं उपचार गराउने भनेर बुटवलतिर लागेको उनको भनाइ छ । अहिले अवस्थामा सामान्य भइसकेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.