लमजुङमा नगदसहित सात जुवाडे पक्राउ

डिसी नेपाल
९ वैशाख २०७९ २१:४४
52
Shares

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७ सय ४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरु हार जितको लागि बाजी राखि जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ बुक तास पनि बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.