सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

डिसी नेपाल
१० वैशाख २०७९ १०:४२
48
Shares

सप्तरी।हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌अ‌ापसमा ठोक्किदा शनिबार तीन जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको थियो ।

चिकित्सकले उनीहरूलाई तत्काल मृत घोषित गरेको प्रवक्ता काफ्ले बताए।मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.