मनमोहन अस्पतालमा टेष्टट्युब बेबी सेवा सुरु
काठमाडौं । निःसन्तान दम्पतीलाई लक्ष्य गरेर राजधानीको स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा आइभिएफ (टेष्टट्युब बेबी) सेवा आजदेखि सुरु भएको छ। सो सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र डा भोला रिजालले संयुक्तरूपमा मनमोहन आइभिएफ सेवाको उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए। मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गरिरहेको बेला दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको बताए।
टेष्टट्युब बेबी सेवा सुरुआत कार्यक्रममा डा भोला रिजालले नेपालमै टेष्टट्युब बेबी सेवाले नेपाली निःसन्तान दम्पतीलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताए। कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा वंशीधर मिश्रले निःसन्तान दम्पतीको पीडालाई खुसीमा बदल्न यस्तो सेवा थप गरिएको जानकारी दिए।







डिसी नेपाल








Facebook Comment