ब्राउन सुगरसहित दाङबाट एक जना पक्राउ

डिसी नेपाल
११ वैशाख २०७९ १९:०७
68
Shares

काठमाडौं । दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दीपक वली रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय लुम्बिनीका अनुसार घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई शनिबार पक्राउ गरेको हो ।

प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.