गाँजासहित बाराबाट दुई जना भारतीय पक्राउ
बारा। बारामा प्रहरीले गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन्।
बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिए। प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment