बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१५ वैशाख २०७९ १८:४०
104
Shares

लमजुङ । लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो । अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस ३ गते जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला सुनाइएको थियो ।

अधिकारीलाई बिहीबार सदरमुकाम बेसीशहरबाट पक्राउ गरी जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.