आइतबारसम्म पानी पर्ने सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म पानी पर्ने सम्भावना रहेको छ।आज र भोलि प्रदेश एक,मधेस प्रदेश,बाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ।
आइतबार भने देशको सात वटै प्रदेशहरुमा सामान्य देखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
उनका अनुसार आइतबारसम्म नै देशका विभिन्न स्थानहरुमा मेघगर्जन सहित चट्याङको पनि सम्भावना रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment