लागुऔषध कारोबारमा संलग्न पाँच जना पुरानो बानेश्वरबाट पक्राउ

डिसी नेपाल
१६ वैशाख २०७९ १६:०९
212
Shares

काठमाडौं । लागुऔषधको कारोबार गर्ने पाँच युवाहरु पक्राउ परेका छन्। लागुऔषधको कारोबार संलग्न रहेको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाले पाँच जनालाई पक्राउ गरेको भएपनि यसलाई गोप्य राखेको छ।

पक्राउ पर्नेमा भक्तपुरका सन्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने छन्। उनीहरुले सिराहका पवकुमार यादवलाई पनि अपहरण गरेको खुलेको छ। यादवले प्रयोग गरेको स्करपियो गाडीसहित यादवलाई बन्धक बनाएको आरोप लागेको प्रहरी स्रोतले जानकारी दियो।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई पुरानो बानेश्वरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशलामा राखिएको छ। यादव पनि लागुऔषध कारोबारी भएको र उनको साथमा रहेको ब्राउन सुगर लुटपाटका लागि पाँच जनाले यादवलाई नियन्त्रणमा लिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.