बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

डिसी नेपाल
१७ वैशाख २०७९ २०:३४
9.2k
Shares

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.