बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
१९ वैशाख २०७९ ११:०२
264
Shares

काठमाडौं। काठमाण्डौको बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन्। उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

बानेश्वरबाट बबरमहल आउदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.