मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। मोरङको कानेपोखरी गाँउपालिका–७ मा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ बर्षीय रुपक श्रेष्ठ रहेका छन् ।
ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment