ताप्लेजुङमा आगलागी, १६ लाख बराबरको क्षति

डिसी नेपाल
२२ वैशाख २०७९ १२:०६
72
Shares

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सिरिजङ्गा गाउँपालिका-५ का स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा बुधबार राती आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए। स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए। उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.