ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

डिसी नेपाल
२२ वैशाख २०७९ १२:४४
36
Shares

ओखलढुङगा।लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ ।देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए ।

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो ।

उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.