सुनौलो रङको कछुवासहित एक जना पक्राउ

डिसी नेपाल
२२ वैशाख २०७९ १९:४१
124
Shares

काठमाडौं । प्रहरीले सुनौलो रङको कछुवासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ–७ चाबहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रङको कछुवासहित साँखु बस्ने कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती बिहीबार पक्राउ परेका छन् ।

चाबहिल क्षेत्रमा दुलर्भ वन्यजन्तु कछुवा अवैधरुपमा ल्याइ रु २० लाखा कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.