महोत्तरीमा बहुविवाह कसुरमा दम्पती पक्राउ

डिसी नेपाल
२५ वैशाख २०७९ १९:०४
192
Shares

महोत्तरी । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास-३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुङ्गाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए ।

दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.