भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड
ललितपुर। ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएकाे छ। युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारकाे गाडी तोडफोड भएकाे हाे।
कांग्रेसका कार्यकतार्ताले गाडी ताेडफाेड गरेकाे उनले जिकिर गरे। उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन। ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं।’
खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए। उनले भने,‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं। राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो।’
निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए। भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको उनले बताए।
कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए।







डिसी नेपाल








Facebook Comment