हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

डिसी नेपाल
२७ वैशाख २०७९ ११:१५
116
Shares

हेटौंडा। हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका-१५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.