धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ

डिसी नेपाल
२७ वैशाख २०७९ १५:२५
108
Shares

धादिङ। धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् ।

किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.