मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिनामा तीन पटक तोडफोड

डिसी नेपाल
२८ वैशाख २०७९ १३:४८
148
Shares

मुगु। स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे।

सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो। तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाकाे तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन्।

ताेडफाेडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेकाे छ। २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएकाे प्राविधिक टाेलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुन: तोडफोड भएकाे नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए।

डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले पनि क्षेति गर्ने गरेकाे छ।

प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले ताेकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेकाे पाइन्छ। भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.