मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

डिसी नेपाल
२८ वैशाख २०७९ १७:३२
116
Shares

पर्सा। पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले उनलाई पक्राउ गरेको हो।उनीमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.