एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयकाे नियन्त्रणमा, मौन अवधिमा पैसा बाँडेकाे आराेप

डिसी नेपाल
२९ वैशाख २०७९ १०:३२
532
Shares

लमजुङ। मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएकाे हाे।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएकाे स्थानीय अनिता सेढाईले बताइन्।

जाेशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.