सर्लाहीमा १४ केजी गाँजासहित १९ वर्षीय युवक पक्राउ

डिसी नेपाल
२९ वैशाख २०७९ ११:४८
104
Shares

सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले बुधबार राति शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.