मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी

डिसी नेपाल
२९ वैशाख २०७९ १३:०६
132
Shares

सर्लाही। प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ। बिहीबार जिल्ला सदरमुका मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ। उनकाे साथबाट प्लास्टिकमा पोको पारेर टाउकोमा बोकेको अवस्थामा १३ किलो ९ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे भनाइ छ।

यादवलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको पोकोमा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। आवश्यक कारबाहीका लागि बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.