मकवानपुरको बकैयामा एक पुरुषको शव फेला

डिसी नेपाल
२९ वैशाख २०७९ २३:१७
44
Shares

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.