बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको अग्रता कायमै

डिसी नेपाल
३१ वैशाख २०७९ २१:२०
148
Shares

महोत्तरी । बर्दिबास नगरपालिकामा २ हजार ५ सय ६२ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता कायम राखेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई १० मतले पछि पार्दै अहिलेसम्म प्रह्लाद क्षेत्रीले ७५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टेक बहादुर बलाम्पाकीले ७४६ मत प्राप्त गरेका छन् ।

वडा न.८ को मतगणना गर्दा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रुद्र किङरिङलाई ९ मतले पछि पार्दै माओवादी केन्द्रका समसेर सिंह लामाले जित हासिल गरेका हुन् ।

सम्सेर सिंह लामाले हसिया हथौडामा ७५३ मत र सूर्य छापमा ७४४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ६५८, माओवादी केन्द्रले ५२९ प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.