उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

डिसी नेपाल
१ जेठ २०७९ ५:४८
244
Shares

उदयपुर। उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ। ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो। मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको बिजयी भएका छन्।

लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी भएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट विजयी भएका छन्।

लिम्चुङबुङ गाउँपालिका–४ मा क्षत्रबहादुर राई र वडा ५ मा बसन्तकुमार राई विजयी भएका छन् भने रौतामाई गाउँपालिका १ मा रुद्रबहादुर कार्की र ताप्ली गाउँपालिका १ मा उद्धब हमाल विजयी भएका छन् । एमालेको दुबै वडामा प्यानल जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.