नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाले विजयी

डिसी नेपाल
१ जेठ २०७९ १२:२५
148
Shares

पोखरा। नवलपुरको बौंदीकाली गाउँपालिका अध्यक्षामा एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई ४ सय ३५ मतान्तरले पराजित गरेका हुन् । ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा रानाले ३ हजार ५ सय ४१ मत पाए।

उपाध्यक्षमा पनि एमालेकै उम्मेद्वार विजयी भएकी छिन्। एमालेकी डिलकुमारी खेसीले ३ हजार ९ सय ६२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेद्वार धनकान्ती घिमिरेले ३ हजार ५६ मत मात्रै पाइन् । यसअघि यहाँ कांग्रेसले जितेकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.