भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ ६:३०
88
Shares

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन्।

एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी भए। माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे। लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा रानाले ५ हजार २९९ मत प्राप्त गरिन । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.