पूर्वमन्त्री गाेकुल बास्काेटाकाे वडा मण्डनदेउपुर-४ मा एमालेकाे प्यानलै विजयी

डिसी नेपाल
२ जेठ २०७९ ८:३१
304
Shares

काभ्रे। पूर्वमन्त्री एवं सांसद गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ। काभ्रेकाे मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएकाे हाे। उनी ६ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४ सय ६८ मत पाए । कांग्रेसका उम्मेदवारले २ सय ७५ मात्र मत पाएका छन्।

मेयरका उम्मेदवारसमेत रहेका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवाकाे गृह वडा पनि हाे, याे। तर, उनले याे वडाबाट ५ सय ७३ मत मात्र पाउँदा एमालेबाट मेयरका उम्मेदवार विदुर सापकाेटाले ७ सय १७ मत पाएका छन्। नगरपालिकामा मतगणना जारी छ।

हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। अहिले वडा नम्बर ५ र ६ काे मतगणना जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.