रवीन्द्र मिश्रकाे पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी’ !, भन्यो – आर्थिक स्रोत भएन

डिसी नेपाल
२ जेठ २०७९ ९:४२
5.9k
Shares

काठमाडौं। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ। निर्वाचनको नतिजाले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी छ। विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ’, पार्टी प्रवक्ता शरदराज पाठकले भनेका छन्।

मिश्र नेतृत्वको पार्टीले २०७४ मा स्थानीय, प्रदेश, सङ्‍घीयसँगै पछि उप र पुनः निर्वाचन हुँदा पनि प्रतिस्पर्धा गरेको थियो। तीन तहको निर्वाचनबाट देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भएको पनि प्रवक्ता पाठकले बताएका छन्। तर, निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको पाठकको भनाइ छ।

नजिता पार्टीको पक्षमा नआउनुलाई पार्टीमा आएको टुटफुट र वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि भएको निष्कर्ष उक्त पार्टीको छ। पार्टीले मतदातासँग क्षमा पनि मागेको छ। ‘हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौँ’, विज्ञप्तिमा उल्लेख छ।

मिश्र नेतृत्वको पार्टीले हालै ‘विचारभन्दा माथि देश’को राजनीतिक कार्यदिशा अंगालेको छ। यसलाई धेरैले मन पराएका छैनन्। सोही कारण पार्टीमा विवाद पनि भएको प्रवक्ता पाठकले स्वीकारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.