काठमाडौंमा लौरो विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्हबाट चुनाव लडेका बालेन्द्र शाहले अग्रता लिइरहँदा काठमाडौं जिल्लाभित्रै लौरो चुनाब चिन्हका उम्मेदवार विजयी भएका छन् ।
काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा लौरो चुनाव चिन्हबाट चुनाब लडेका स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।
९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment