भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

डिसी नेपाल
२ जेठ २०७९ ११:०२
112
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन्।

भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन्। उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.