पोखरामा १० हजार ५०० गणना, गठबन्धन साढे ३०० मतले अगाडि

डिसी नेपाल
२ जेठ २०७९ ११:२१
632
Shares

पोखरा। पोखरा महानगरमा हालसम्म १० हजार ४९३ मत गणना सकिएको छ। मेयरमा गठबन्धनका धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले लिड गरिरहेका छन्।

उनले चार हजार १९१ मत पाउँदा एमालेका कृष्ण थापाले तीन हजार ८३० मत पाए। राप्रपाका शंकर खरालले ५४६ र स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले २५० मत पाएका छन्।

उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ। मन्जु गुरुङले चार हजार ३ सय ८४ मत पाउँदा गठबन्धनकी कोपीला रानाभाटले ४ हजार २ सय ९८ मत पाएकी छिन्। राप्रपाकी रन्जना सेनको हालसम्म ५०८ मत आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.