प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना

डिसी नेपाल
२ जेठ २०७९ ११:४२
104
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन्। एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका थिए।

भारतीय वायु सेनाको हेलिकप्टरमा मोदी लुम्बिनी आएका हुन्। उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रार्थनाको लागि मायादेवी मन्दिर गएका थिए।

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थन गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएको छ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन्। उनले आज ६ घण्टा लुम्बिनीमा बिताई स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.