काठमाडौंमा बालेनको मत ७ हजार नजिक, स्थापित र सिर्जनाको जोड्दा पनि बालेनको भन्दा कम
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ६८९३ मत प्राप्त गरेका छन् । उनको अग्रता ३२ सयभन्दा बढीको भएको छ ।
एमालेका उम्मेदवार केशव स्थापितले ३६४४ मत पाएका छन् । उनी बालेनभन्दा ३२४९ मतले पछाडि छन् । कांग्रेसकी सृजना सिंहले ३२०८ मत पाएकी छिन् ।
काठमाडौंमा अहिलेसम्मको मतका आधारमा हेर्ने हो भने दोस्रो भएका स्थापित र तेस्रो भएकी सिर्जनाको मत जोड्दा पनि बालेनको भन्दा कम छ । स्थापित र सिर्जनाको मत जोड्दा ६८५२ हुन्छ जुन बालेनको मतभन्दा ४१ कम हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment