भरतपुरमा एमालेका सुवेदीको अग्रता झन् बढ्यो
काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीको अग्रता झन् बढेको छ । यसअघि ४७ मतले अग्रता लिइरहेका सुवेदीले पछिल्लो परिणाममा ६१ मतले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार विजय सुवेदीले ४४०० मत पाएका छन् । रेनु दाहालले ४३३९ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९०० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५१०३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ३४८३ मत ल्याएकी छिन् ।
यस्तै वडा नम्बर ४ को अध्यक्षमा एमालेले ४२८ मत पाउँदा कांग्रेसले ६३४ मत पाएको छ । राप्रपाले २४५ मत पाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment