खोटाङको दिप्रुङ चुईचुम्मामा एमाले विजयी

डिसी नेपाल
३ जेठ २०७९ ८:३१
84
Shares

खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका हुन्। कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् ।

उपाध्यक्षमा मगरले २७३३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रमा कटवालले २३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिप्रुङ चुईचुम्मामा कांग्रेस र माओवादी केन्द्र गठबन्धन नगरी चुनावमा भिडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.