रुपन्देहीको सुद्धोधन गाउँपालिकामा कांग्रेसका बस्याल र एमालेकी ज्ञवाली निर्वाचित

डिसी नेपाल
४ जेठ २०७९ ७:३५
48
Shares

भैरहवा। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ। नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको अन्तरले पराजित भए। २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरीले ६ हजार २७० मत पाए।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन्।

पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.