काठमाडाैं-५ मा एमालेका प्रजापति विजयी

डिसी नेपाल
४ जेठ २०७९ १०:३४
404
Shares

काठमाडाैं। काठमाडौँ महानगरपालिका–५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन्। प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन्। प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाएका थिए।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भएका छन्। महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

त्यस्तै प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा केशव स्थापितले ८ हजार २५३ मत प्राप्त गरेका छन्। स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई पछि पारिरहेका छन्। कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ७ हजार ३ ४८ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डङ्गोलले १३ हजार ९८ मतले अग्रस्थानमा रहेकी छन्। उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले चार हजार ७४ मत प्राप्त गरेका छन्। हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ। अहिले वडा नं ३, ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ।

वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.