इलामको माई नगरपालिकामा गठबन्धन हराउँदै प्रमुख उप्रमुखमा एमाले विजयी
इलाम। इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ। एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गरेका हुन्।
लिम्बुले ८ हजार १३२ मत पाउदा माओवादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५१५ मत पाएका छन्। उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित भएकी छिन्। उनले नेपाली कांग्रेसका हेमबहादुर लिम्बुलाई एक हजार ५३० मतले पराजित गरेकी हुन् । उपप्रमुखमा भण्डारीले सात हजार ८७५ मत पाउँदा लिम्बुले छ हजार ३३६ मत पाएकी छिन्।
माई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका राम बहादुर राई, २ मा नेकपा एमालेका उर्द बहादुर राई, ३ मा नेपाली कांग्रेसका देउकुमार तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै, वडा नम्बर ४ मा नेकपा एमालेका हेम बहादुर लिम्बु, ५ मा एमालेका भुपेन्द्र पुर्बछाने मगर, ६ मा कांग्रेसका खड्ग सुन्दर योङहाङ, ७ मा एमालेका बुद्धिप्रसाद खनाल वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ८ मा एमालेका अमृत बहादुर मोक्तान, ९ मा एमालेका लिला कुमार राई र १० मा पनि एमालेकै गणेश राई वडाध्यक्षमा निर्वाचित भएका छन्।







डिसी नेपाल








Facebook Comment