बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी चयन गुरुङको प्यानल विजयी

डिसी नेपाल
४ जेठ २०७९ १२:११
276
Shares

बारा। जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ। सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गरेकी छन्।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी हुन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गरे । गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी भएकी हुन्।

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.