गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
काठमाडाैं। सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका हुन्।
चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन्। उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरे।
चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका थिए।
एमाले उम्मेदवार हुमाकुमारी डिसी उपमेयर निर्वाचित भइन्। उनले ३०४०३ मत ल्याएकी छन्। यहाँ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्री पराजित भए। उनले ३०३५४ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment