टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको जित

डिसी नेपाल
५ जेठ २०७९ १०:०५
112
Shares

धनगढी। नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ। ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो।

टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत पाए

उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह ७ हजार ९५५ मतसहित विजयी भएका छन्। उन्मुक्तिका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन्।

त्यस्तै, जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्तिले जितेको छ । चित्रबहादुर चौधरी ४ हजार ९ सय ३ मतसहित मेयरमा विजयी भएका हुन्।

कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे।

उपाध्यक्षमा सोही पार्टीका रेखादेवी कठरिया ४ हजार ५ सय ८९ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.