हेटौंडाको ११ वटा वडाको अन्तिम नतिजा सार्वजनिक : ६ वटामा कांग्रेस, ५ वटामा एमाले विजयी
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ।
हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। १ नम्बरमा सविन न्यौपाने, २ नम्बरमा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन्।
त्यसैगरी वडा नम्बर ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन्। ५ नम्बर वडामा सुशील घिमिरे, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन्।







डिसी नेपाल








Facebook Comment