सिरहाको दुई नगरमा एमाले विजयी

डिसी नेपाल
५ जेठ २०७९ १३:३९
200
Shares

लहान।सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।

सिरहाको नगरप्रमुखमा डा.नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएका छन्। डा.यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरेकी छिन्।

त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले एक÷एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.