समयमै मतदान प्रक्रिया अगाडि नबढाए आन्दोलनमा उत्रने उदयपुर कांग्रेसको चेतावनी
काठमाडौं। समयमै मतदान प्रक्रिया अगाडि नबढाए आन्दोलनमा उत्रने उदयपुर नेपाली कांग्रेसले चेतावनी दिएको छ। जिल्लाको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि आज सम्म पुनःमतदान प्रक्रिया अगाडि नबढाएको भन्दै कांग्रेस जिल्ला सभापति हिमाल कार्कीले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण गराएका छन्।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिका वडा नं १२ को मतदानको विषयलाई लिएर आजको मितिसम्म मतगणना गर्ने वा पुनःनिर्वाचन गर्ने भन्ने विषयमा निर्वाचन आयोगले कुनै निर्णय गर्ने नसकेको भन्दै कांग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेसले यतिका दिन सम्म पनि कुनै पनि निर्णय नहुनुले आशंका उत्पन्न भएको बताएको छ। यो विषयमा तत्काल निर्णय गरी मतगणना कार्य सुचारु नगरिए कांग्रेस आन्दोलनमा जाने र आन्दोलनबाट हुने क्षति कांग्रेसले जिम्मा नलिने विज्ञप्तिमा भनिएको छ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले जेठ १ गते निर्वाचनको काम नसकिँदै राजीनामा दिएपछि नगरपालिकाको मतगणना थप अन्यौल भएको थियो ।








डिसी नेपाल








Facebook Comment